विद्यालय शिक्षा विधेयक अविलम्ब पारित गर्न १६ विद्यार्थी संगठनको माग

काठमाडौँ । विभिन्न १६ विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयक अविलम्ब पारित गर्न माग गर्दै संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । सोमबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराउँदै विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयक पारित गर्न माग गरेका हुन् ।

उनीहरुले समिति सभापति अम्मरबहादुर थापालाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । उनीहरुले शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *