रसुवा । रसुवाको ल्हेन्दे खोलामा फेरि बाढी आएको छ । राति दुई बजेको समयमा रसुवाको गोसाईकुण्ड गाउँपालिका २ ल्हेन्दे खोलामा चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ ।
अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ ।
खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगरिदिन पनि प्रशासनले आग्रह गरेको छ ।
फोटोः रेडियो लाङटाङ