काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एसिया कप छनोट खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
टोलीको गोलरक्षकमा एन्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन् । यस्तै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी छन् ।
त्यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर र सरस्वती हमाल परेका छन् ।
फरवार्डमा भने सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको सामना गर्दैछ ।