अनेरास्ववियुमा सहमति नजुटेपछि भोलि निर्वाचन हुने, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ ।

बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *