तरुण दलको तदर्थ समितिको म्याद नथप्न माग गर्दै सानेपामा प्रदर्शन

काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको छ ।

शुक्रबार केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राईलगायत असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । उनीहरुले तरुण दलको केन्द्रीय समिति भंग गर्न माग गरेका छन् ।

उनीहरुले पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि बताएका । उनीहरूले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर भन्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *