काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गरी आगामी चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने जानकारी दिएको छ ।
त्यस्तै, चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तय भएको छ।

