यस्ता छन् प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुको कारण(पूर्णपाठसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *