एजेन्सी । इंग्लिस प्रिमियर लिगमा दुवै म्यानचेस्टर टोली पराजित भएका छन् । शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले पराजित गरेको हो ।
स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मोर्गन रोजर्स र कोल पाल्मेरले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा रोजर्सले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६३ औँ मिनेटमा लिसान्द्रो मार्टिनेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो । लगत्तै पाल्मेरले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० गोलको जित दिलाएका हुन् ।
लिगमा युनाइटेडको यो लगातार दोस्रो र समाग्रमा चौथो हार हो । पछिल्लो पाँच खेलमा युनाइटेड जितविहीन रहेको छ । जितसँगै चेल्सी ९ खेलबाट १६ अंक जोड्दै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ७ अंक जोडेको युनाइटेड १७ औँ स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी ब्रिघटनस्नाग १-० गोलले पराजित हुँदै लिगमा लगातार दोस्रो हार बेहोरेको हो । इतिहाद स्टेडियममा भएको खेलमा ब्रिघटनलाई जित दिलाउन खेलको ११ औँ मिनेटमा यासिन आयारीले गरेको गोलनै पर्याप्त बन्यो ।
जितसँगै ब्रिघटन ९ खेलबाट १९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिदा समान खेलबाट २१ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत रहको छ ।
