परराष्ट्र नीतिबारे गोकुल बाँस्कोटाको टिप्पणी : ‘किक आउट हिम, पीएम’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपालको परराष्ट्र नीतिबारे टिप्पणी गर्दै पृथ्वीनारायण शाहले प्रतिपादन गरेको कूटनीतिक दृष्टिकोण स्मरण गराएका छन् ।

सामाजिक संजालमार्फत उनले राष्ट्रसंघ वा विश्वविद्यालयको पीएचडीको प्रमाणपत्र नभए पनि पृथ्वीनारायण शाहले नेपालको परराष्ट्र सम्बन्धलाई ‘झिकी कटक–जाई कटक’ र ‘दुई ढुंगाबीचको तरुल’ को सूत्रमा बाँधेको उल्लेख गरेका छन्।
बाँस्कोटाले वर्तमान नेतृत्वको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाउँदै ‘नव लेण्डुप’ भन्दै आलोचनासमेत गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘किक आउट हिम, पीएम’ अर्थात् ‘प्रधानमन्त्रीज्यू, उनलाई पदबाट हटाउनुहोस्’ भन्ने आशयको अभिव्यक्ति दिएका छन् ।

उनले भनेका छन्, ‘न राष्ट्र संघ न युनिभर्सिटीको पिएचडीको को खोस्टो थियो उनीसँग । तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्ध लाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलकोसुत्रमा बाँधेका थिए।अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम,पिएम।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *