जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सरकारले जलस्रोत व्यवस्थापन र मौसमसम्बन्धी सेवाको प्रभावकारिता बढाउने उद्देश्यले दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

श्वेतपत्रमा नेपालको जलस्रोतको दिगो व्यवस्थापन तथा उपयोग, जलवायु परिवर्तन अनुकूलनका लागि पूर्वाधार विकास, हवाई सुरक्षामा सुधार र विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, आधुनिक प्रविधिको उपयोग, तथ्याङ्कमा सहज पहुँच र वैज्ञानिक अनुसन्धानलाई प्रवर्द्धन गर्दै जल तथा मौसमसम्बन्धी सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयलाई पनि श्वेतपत्रमा समेटिएको छ ।

जल तथा मौसमसम्बन्धी सूचना र अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने लक्ष्यसमेत श्वेतपत्रले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *