सभापति लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन् ।

लामिछानेको भारत भ्रमण निजी तथा पारिवारिक तीर्थाटनमा केन्द्रित रहने उनको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतका दुई प्रसिद्ध धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । उनले उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा दर्शन गर्नेछन् ।

निजी सचिवालयका अनुसार तीन दिनको आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने कात्तिक ९ गते नेपाल फर्किनेछन् । उनको भ्रमणबारे सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *