तोलामा पाँच सयले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *