काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
उम्मेदवारको अन्तिम नामावलीअनुसार पार्टी सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।






















