काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा डा. डिला संग्रौलाले महामन्त्री (महिलातर्फ) उम्मेदवारी दर्ता गराएकी छिन् ।
राष्ट्रिय सभागृह पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ।
