नवलपरासीको बिनयी त्रिवेणीमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएकोमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा घाइते भएका १० जनाको उपचार भइरहेको छ ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *