काठमाडौँ । प्रहरीले ८० लाख रुपैयाँ ठगी गर्ने एक फरार प्रतिवादीलाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका–५ मा बस्दै आएका ४१ वर्षीय राजकुमार बिडारीलाई बुधबार बानेश्वरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिडारीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
