कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन ओली, प्रचण्ड र रवि लामिछानेलाई निमन्त्रणा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिएको छ ।

कांग्रेसको सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक एवं सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग भेट गरी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएका हुन् ।

राणाले तीनै नेतासँग भेट गरेर निमन्त्रणा दिएको जानकारी दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ ।

कांग्रेसले उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेको छ । कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *