काभ्रे । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमै फसेको छ।
आज बिहान करिब ९ः५० बजे खरिबोटस्थित खोलामा बस फसेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट प्रहरी सहायक निरीक्षक सुमन बुढाथोकीको कमान्डमा १० जनाको विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेको थियो।
सशस्त्र प्रहरीका अनुसार टोलीले बसमा रहेका यात्रुहरूलाई सुरक्षित स्थानमा राखेको छ। घटनामा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन।
