काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले लामो समय बितिसक्दा पनि राज्यबाट राहत तथा सहयोग नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा पराजुलीले बाढीमा बेपत्ता भएका नागरिकका विषयमा सरकारले अझै ठोस निर्णय लिन नसकेको बताए ।
पीडित परिवार राहतको प्रतीक्षामा रहे पनि सरकारी प्रक्रियामा ढिलाइ भइरहेको उनको भनाइ थियो ।
उनले बेपत्ता नागरिकका परिवारको तत्काल व्यवस्थापनका लागि सरकारले स्पष्ट निर्णय लिनुपर्ने माग गरे ।
उनले भने,‘भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले हालसम्म ठोस निर्णय लिन सकेको छैन । सरकारको यही गैरजिम्मेवारपनका कारण पीडित परिवारहरू राहत पाउनबाट वञ्चित भएका छन् ।’
