शुलभ बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारमा रहेको शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्लागण्डकी–६ स्थित तमु समाज भवन, खैरेनीटारमा सम्पन्न सभाको अध्यक्षता संस्थाका अध्यक्ष रेशमलाल पौडेलले गरेका थिए ।

सभामा संस्थाका उपाध्यक्ष दुर्गाकुमार श्रेष्ठले संस्थाको नयाँ कार्यविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष रेशमबहादुर विकले आर्थिक वर्षको आम्दानी, खर्च तथा आगामी बजेटसम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

त्यसैगरी, लेखा सुपरिवेक्षण संयोजक नारायणदत्त अधिकारीले संस्थाको आन्तरिक लेखा तथा सुपरिवेक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा संस्थाको प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा समसामयिक विषयमा छलफल गरिएको थियो । छलफलपछि संस्थाको आगामी गतिविधि तथा कार्ययोजनासम्बन्धी आवश्यक निर्णयसमेत गरिएको व्यवस्थापक मदन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामचन्द्र वगालेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *