सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

खार्तुम । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरहरुको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ ।

मङ्गलबार पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किय पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।

रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना मजदुरहरु खानी भित्रै फसिरहेको जनाएका छन् ।

सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बीच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासहरूबीच विदेशी समर्थकहरूका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ ।

द्वन्द्वले सुडानको पहिले नै कमजोर अर्थतन्त्रलाई तहसनहस पारेको छ भने देशका धेरै भागलाई प्रभावित बनाएको छ ।

दुर्घटनामा परी बाच्ँन सफल भएकाहरुले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै जना कामदारहरु खानीको भग्नाबसेसमा पुरिएको जनाएका छन् ।

सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कटबाट गुज्रिरहेको छ भने हाल लगभग दुई करोड मानिसहरूले भोकमरीको सङ्कटको सामना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *