काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय कार्यालयमा सुरु भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यसअघि भदौ ११ गते बसेको बैठकले सरकारलाई आवश्यक सहयोग गर्न तथा सरकारका कामको निगरानीका लागि राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि संयन्त्रको स्वरूप र सदस्यहरूबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) की सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल, नेकपाका सहसंयोजक माधवकुमार नेपाललगायत विभिन्न दलका नेताहरू सहभागी छन् ।


