काठमाडौँ । मुगु जिल्लाको कलाई आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे गएको हो । केन्द्रका अनुसार उक्त भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।
त्यसैगरी, बिहान ४ः२८ बजे मुगुकै कलाई आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
दुवै भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
यसअघि गत २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर बिहान ९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
