सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा त्यस्तो भिडियो पोस्ट गरिएको सूचनाका आधारमा प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले भदौ २७ गते काठमाडौंको नयाँ बसपार्कबाट पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, बसपार्कमा बस्दै आएका २४ वर्षीय सरोज लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

लामाविरुद्ध वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *