Skip to content
सोमबार, २९ भदौ २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

आज हरितालिका तीज, बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)

२९ भदौ, २०८३नेपाल समाजसमाज, मुख्य समाचार

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर, यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । पर्वका अवसरमा आज पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

तस्बिरः हरिराम भेटुवाल,रासस

सम्बन्धित खवर

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

१० मिनेट अघि
च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

१३ मिनेट अघि
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

१८ मिनेट अघि
बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

२२ मिनेट अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

१० मिनेट अघि
च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

१३ मिनेट अघि
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

१८ मिनेट अघि
बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

२२ मिनेट अघि
आज हरितालिका तीज, बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज हरितालिका तीज, बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)

३७ मिनेट अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy