एसीसी प्रिमियर कप : हङकङ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत केहिबेरमा शुरु हुने लिगचरणको अन्तिम खेलमा नेपालले हङकङ, चीनविरुद्ध टस हारेको छ । बायुमास क्रिकेट ओभलमा हुने खेलमा हङकङ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल आज लगातार चौथो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । यता आज हङकङ पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *