पोखरा । भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।





