नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेलको स्थलगत निरीक्षण(फोटोफिचर)

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् ।

उनले नुवाकोटमा भोटेकोसीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सिर्जित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरु रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम पुर्नस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *