भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो ।

बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन, अन्तरराष्ट्रिय जलवायु न्यायलगायतका विषय समेटेर २४ बुँदे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *