एम्बाप्पे पेनाल्टीमा चुक्दा रियल म्याड्रिड पराजित

एजेन्सी । फरवार्ड किलियन एम्बाप्पे पेनाल्टीमा चुक्दा रियल म्याड्रिड स्पेनिस लिग ला लिगामा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा रियल बेटिससँग १-० गोलले पराजित हुँदै म्याड्रिडले सिजनको पहिलो हार बेहोरेको हो ।

सेभिल्लामा भएको खेलमा बेटिसलाई जित दिलाउन ट्रोए प्यारोटले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औँ मिनेटमा प्यारोटले गोल गर्दै बेटिसलाई शुरुवाती अग्रता दिलाएका थिए । ६ मिनेटपछि कार्लोस इस्पीले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याएपछि भीएआरले अफसाइड घोषित गर्दै गोल रद्द गरेको थियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा नाटनले भिनिसियस जुनियरलाई पेनाल्टी बक्स भित्र फावल गरेपछि म्याड्रिडले पेनाल्टी पाएको थियो । तर एम्बाप्पेले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा म्याड्रिड १-० गोलले पराजित हुन पुगेको हो । उनको पेनाल्टी बेटिसका गोलरक्षक अल्भारो भाल्लेसले रोकेका थिए ।

जितसँगै बेटिस ४ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको म्याड्रिड दोस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *