काठमाडौं । नेपाल प्रहरीले भोटेकोसी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ । बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

