सुरुङ उद्धार कार्यका लागि भारतले पठायो चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोली

काठमाडौँ । भारतबाट नेपालका लागि १० टन मानवीय सहायता सामग्री बोकेको तेस्रो उडान काठमाडौँका लागि प्रस्थान गरेको छ । उक्त उडानमा पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्यान्नका प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायतका राहत सामग्री पठाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

उडानमा सुरुङ उद्धार कार्यका लागि चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोलीसहित ११ सदस्यीय टोलीसमेत रहेको छ । भारतले यसअघि बुधबार १० टन र बिहीबार थप २७ टन सहायता सामग्री पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *