बागमती प्रदेशका मुख्यमन्त्री थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १८८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सोही प्रयोजनका लागि आह्वान गरिएको आजको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सदनमा छलफल हुनुका साथै मत विभाजनसमेत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री नियुक्त हुँदा थापालाई नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी कुल ६३ सांसदको समर्थन रहेको थियो। तर विश्वासको मत लिने दिनसम्म आइपुग्दा सत्ता समीकरण निकै चुनौतीपूर्ण बनेको । राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ‘ह्विप’ जारी गरेको छ । १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *