काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार सात सय रूपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा चार हजार पाँच सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
