म्याग्दीको पर्यटकीयस्थलमा विद्युत् सुविधा विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित र्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ ।

मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *