अजरबैजान र आर्मेनियाबीच सम्बन्ध सामान्यीकरण प्रगतिबारे छलफल

बाकु । अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले टेलिफोन वार्ता गरी द्विपक्षीय सम्बन्ध सामान्यीकरणमा भएको प्रगतिबारे छलफल गरेको अजरबैजानी राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।

वार्ताका क्रममा दुवै पक्षले विगत एक वर्षमा दुई देशबीच सम्बन्ध सामान्यीकरणमा भएको प्रगतिलाई उल्लेख गरेका बताइएको छ ।

दुवै पक्षले अजरबैजानबाट आर्मेनियामा पेट्रोलियम पदार्थको निर्यात तथा अजरबैजानी भूभाग हुँदै आर्मेनिया र अन्य गन्तव्यतर्फ हुने मालवाहक यातायातको आवतजावतबारे छलफलका क्रममा धारणा राखेका थिए ।

उनीहरूले व्यापारिक र आर्थिक सम्बन्ध बढ्दै गएको कुरामा पनि जोड दिँदै यो सम्बन्धलाई थप सामान्यीकरण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूबीच अजरबैजानबाट आर्मेनियामा पेट्रोलियम पदार्थको निर्यात तथा अजरबैजानी भूभाग हुँदै आर्मेनिया र अन्य गन्तव्यतर्फ हुने मालवाहक यातायातका बिषयमा थप सहजीकरणका उपायबारे छलफल गरेका थिए ।

दुवै पक्षले सम्बन्ध सामान्यीकरणका प्रयास जारी राख्नुपर्ने र क्षेत्रीय स्थिरता, कनेक्टिभिटी तथा आर्थिक सहकार्य प्रवद्र्धन गर्नुपर्ने महत्त्वमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ।

शनिबार वासिङ्टन डीसीमा सन् २०२५ ८ अगस्टमा भएको शान्ति सम्मेलनको पहिलो वार्षिकोत्सव हो । उक्त सम्मेलनले अजरबैजान र आर्मेनियाबीच शान्ति स्थापना गरेको थियो र दुवै पक्षबीच शान्ति सम्झौताको मस्यौदामा प्रारम्भिक हस्ताक्षर पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *