पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौँ ।  नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प  भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।

“नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उनले भने, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *