किएभ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले सोमबार राष्ट्रिय सुरक्षा तथा वैदेशिक गुप्तचरका नयाँ प्रमुख नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित सूचनामामार्फत् गुप्तचरका नयाँ प्रमुखको नियुक्तिको घोषणा गरिएको हो ।
त्यसैगरी, इहोर क्लिमेन्कोलाई युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को सचिव नियुक्त गरिएको छ भने रुस्टेम उमेरोभलाई वैदेशिक गुप्तचर सेवाको प्रमुख बनाइएको छ ।
क्लिमेन्को पहिले गृहमन्त्री थिए भने उमेरोभ हालै रक्षा मन्त्री भइसकेपछि राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को नेतृत्व गरिरहेका थिए ।
