कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन् ।
कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले राजीनामा घोषणा गरेका हुन् । उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए ।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो ।
केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको थियो ।
