काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत उद्वव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख दिएर सेवाग्राहीसँग घुस मागेको अख्तियारले बताएको छ । घुस मागेको सूचना पछि खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।
