दोलखाको मूलखर्कमा पहिरोमा परी एक बेपत्ता, चार जना उद्दारको पर्खाइमा

दोलखा । दोलखाको सिप्रिङखोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्क क्षेत्रमा गएराति आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

गएराति ११ बजेतिर आएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने चार जना भीरमा फसेका छन् । जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केका छन् ।

बेपत्ताको खोजी र भीरको खुड्किलोमा फसेकाहरूको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय र विपत् व्यवस्थापन टोलीसहित आफूहरू खटिसकेको गौरीशङ्कर गाउँपालिका ९ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिएका छन् ।

खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरुको उद्धारमा समस्या भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *