नेदरल्यान्ड्समा चलेन नेपालको ब्याटिङ, नामिबियालाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले फितलो ब्याटिङ गर्दै नामिबियालाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सको स्पोर्टपार्कमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले ३१ र दीपेन्द्र सिंह एरीले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । यस्तै गुलसन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कमीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको ब्याटिङ लाइनअप ध्वस्त बनाउन नामिबियाका जेजे स्मिटले ६ विकेट लिए । उनले ९.५ ओभरमा एक मेडन राख्दै २७ रन दिए । यस्तै ज्याक ब्रासेल र बेर्नार्ड स्चोल्ट्जले समान दुई/दुई विकेट लिए । अब नामिबियाले जवाफी ब्याटिङ गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *