काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपालविरुद्ध टस जितेको छ । नेदरल्यान्ड्समा केहिबेरमा शुरु हुने खेलमा नामिबियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल(कप्तान), इशान पाण्डे, दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने
