काठमाडौँ । काठमाडौँको बौद्धमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले गएराति शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । उनले श्रीमान्सँग विवाद हुँदा आफ्नै खाजाघर पछाडिको पार्किङमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको उनले बताए ।
त्यसपछि श्रीमानले उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
