काठमाडौँ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगअन्तर्गत भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अन्तिमपटक निवेदन माग गरेको हो ।
जग्गा प्राप्त गर्न बाँकी रहेका भूमिहीन दलित र सुकुम्बासी तथा बसोबास व्यवस्थापन हुन नसकेका अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र निवेदन दिन आग्रह गरेको हो ।

