झापा गोल्डकपलाई झापाली समाजको सहयोग

भद्रपुर (झापा) । गत माघमा सम्पन्न सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिबद्धताअनुसार रु चार लाख आर्थिक सहयोग गरेको छ ।

बिर्तामोडमा आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई उक्त रकम हस्तान्तरण गरे । सो अवसरमा दुवै संस्थाबीच आगामी दिनमा झापा गोल्डकपलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिएको सातौँ झापा गोल्डकप २०८२ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *