एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहलाई सहमतिका लागि पटकपटक आग्रह गर्दा पनि दम्भ देखाएर अगाडि बढेको आरोप लगाए । उनले बजेटमा मुख्यमन्त्री शाहले एकलौटी गरेपछि खर्च कटौति प्रस्ताव दर्ता गरिएको बताए ।

आफ्नै सरकारको बजेटविरुद्व एमाले सांसदले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहले आज एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।

एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की बर्खास्तमा परेका हुन् । योसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *