संसद्को गरिमा बढ्दो छ कि घट्दो ? समीक्षा गरौँः सांसद आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले संसदको समीक्षा हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले जनताको निराशालाई आशामा बदल्ने ठाउँ संसद रहेकाले संसदका पनि समीक्षा हुनुपर्ने बताएका हुन् ।

उनले सांसदहरू सही दिशामा छौँ कि छैनौँ भन्ने विषयमा समीक्षा हुनुपर्ने बताए । उनले सरकारको सय दिन पुगेपछि त्यसको समीक्षा हुने अभ्यास रहेको र संसदको हकमा हनिमुन पिरियड भनेको नसुनेको बताए ।

उनले भने, ‘संसद सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो सांसदहरूको संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसदमा शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नहरूको सम्बोधन कति भए ? यी सबै विषयको समीक्षा गर्न आग्रह गर्दछु ।’

उनले संसद्को गरिमा बढ्दो छ कि घट्दो भन्दै सबै विषयको समीक्षा गर्न सभामुखसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *