राष्ट्रसंघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी आईजीपी कार्की स्वदेश फिर्ता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की न्यूयोर्कमा आयोजित पाँचौँ राष्ट्रसंघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् ।

सम्मेलनमा सहभागी भई फर्किएका आईजीपी कार्की नेतृत्वको प्रतिनिधिमण्डललाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको उक्त सम्मेलनमा शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा प्रहरीको भूमिका तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ। नेपालका तर्फबाट आईजीपी कार्कीले सम्मेलनमा सहभागिता जनाएका थिए।

संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको भूमिका तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको थियो। नेपालका तर्फबाट प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *