पहिरोमा परी दोलखाको कालिञ्चोकमा चार महिने शिशुको मृत्यु, आमा घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ क्याङ्पोलमा आइतबार राति पहिरोले बगाउँदा चार महिनाकी शिशुको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

पहिरोले बगाउँदा चार १९ वर्षीया शर्मिला थामी घाइते भएकी छन् भने उनकी ४ महिनाकी छोरी एलिना थामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

वडा अध्यक्ष पदमबहादुर थामीका अनुसार घाइते शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *